+
+

फाल्गुनन्दमा धान दिवस: रोपाइँ महोत्सवले किसानलाई उत्साहित, आत्मनिर्भरताको सन्देश

141 पटक हेरिएको
Clock २०८२ असार १५, आईतवार २१:००
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा प्रस्तुत गरिएको छ:

* फाल्गुनन्द गाउँपालिका–७ तल्लो नसुवामा "धान बालिमा सघनता — खाद्य सुरक्षा र आत्मनिर्भरता" भन्ने नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
* यस कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिकहरू, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो र परम्परागत नौमती बाजासहित धान रोपाइँ कार्यक्रम कृषकहरूको उत्साह झल्काउने गरी सम्पन्न भएको थियो।
* गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे र कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख महेश कुमार चौधरीले धान उत्पादनलाई प्रवर्द्धन गर्दै कृषकलाई प्रोत्साहन गर्नु हाम्रो प्राथमिकता हो भनेका छन् र धान दिवस जस्तो कार्यक्रमले कृषकहरूलाई परम्परागत खेतीसँगै नयाँ प्रविधि अपनाउन र उत्पादन वृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

पाँचथर — “धान बालिमा सघनता — खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ फाल्गुनन्द गाउँपालिका–७ तल्लो नसुवामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

फाल्गुनन्द गाउँपालिका कृषि विकास शाखा, फाक्तेपको आयोजनामा र कृषि ज्ञान केन्द्र फिदिम पाँचथरको सह–आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिकहरू, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

परम्परागत नौमती बाजासहित धान रोपाइँ कार्यक्रम कृषकहरूको उत्साह झल्काउने गरी सम्पन्न भएको थियो।

यस गाउँपालिकाले धेरै धान उत्पादन गर्ने कृषकहरूलाई हरेक वर्ष नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ, जसले कृषकहरूमा प्रोत्साहन थपेको छ।

गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले भने, “धान उत्पादनलाई प्रवर्द्धन गर्दै कृषकलाई प्रोत्साहन गर्नु हाम्रो प्राथमिकता हो। यसले खाद्य सुरक्षा र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ।”

कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख महेश कुमार चौधरीले पनि कृषि प्रविधिको सही प्रयोग गरी उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न धान दिवस जस्तो कार्यक्रमले ठूला भूमिका खेल्ने बताए।

धान दिवस तथा रोपाइँ महोत्सवले कृषकहरूलाई परम्परागत खेतीसँगै नयाँ प्रविधि अपनाउन र उत्पादन वृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win