0 प्रतिक्रिया
दाताले बनाएको प्रहरी बिट अलपत्र, पुनः निर्माणमा छैन चासो
AI सारांश
Fast AI१. यासोक-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा स्थानीय समाजसेवी टेकनाथ खनालले परिवारको स्मृतिमा प्रहरी बिट निर्माण गरेको थियो।
२. कुम्मायक–३ रानीगाउँ निवासी समाजसेवी खनालले परिवारको स्मृतिमा २ लाख ५० हजार रुपैयाँ खर्च गरी निर्माण गरेको प्रहरी बिट भत्काइएको छ।
३. प्रहरी बिट भत्काएको लामा च्याङ्मिला जेभिले पुनः निर्माण नगर्दा दुःख लागेको खनालको गुनासो छ।
रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा स्थानीय समाजसेवी टेकनाथ खनालले परिवारको स्मृतिमा प्रहरी बिट निर्माण गरे। बजारको बीचमा निर्माण भएको प्रहरी बिटबाट प्रहरीलाई काम गर्न समेत सहज भएको थियो। कुम्मायक–३ रानीगाउँ निवासी समाजसेवी खनालले परिवारको स्मृतिमा २ लाख ५० हजार रुपैयाँ खर्च गरी निर्माण गरेको प्रहरी बिट भत्काइयो। यासोक-वन्थाक सडक कालोपत्रेका क्रममा भत्काइएको प्रहरी बिट सडक कालोपत्रे भएको लामो समय हुँदा समेत निर्माण भएको छैन। प्रहरी बिट भत्काएको लामा च्याङ्मिला जेभिले पुनः निर्माण नगर्दा दुःख लागेको खनालको गुनासो छ।
प्रहरी बिटमा प्रयोग भएको काठ र जस्तापाता कुम्मायक आधारभुत अस्पतालको सडक क्षेत्रमा अलपत्र अवस्थामा छाडिएको छ। प्रहरी बिट बनाउन पटक–पटक आग्रह गर्दा समेत निर्माण व्यवसायीले चासो नदिएको पीडित परिवारको भनाइ छ। हिउँद र बर्खाको समयमा प्रहरीलाई घाम पानी छल्ने र बजारको शान्ति शुरक्षा कायम गर्न सहजहोस् भन्ने उदेश्यले प्रहरी बिट निर्माण गरिएको खनालको भनाइ छ। प्रहरी बिट निर्माण गर्ने प्रतिवद्धता जनाएको निर्माण कम्पनीले भने हालसम्म कुनै चासो दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









