0 प्रतिक्रिया
ताप्लेजुङ गोल्डकप: पहिलो सेमिफाइनलमा द योङ ब्रदर्श सुनसरी र चर्च व्वोइज ललितपुर भिड्दै
AI सारांश
Fast AI१. ताप्लेजुङ गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा द योङ ब्रदर्श इटहरी, सुनसरी र चर्च ब्वोइज क्लब ललितपुर भिड्दै छ।
२. द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले क्वाटरफाइनलमा आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लब तात्लेजुङलार्ई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
३. गोल्डकपको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ रुपैया पाउने छ।
पाँचथर । ताप्लेजुङको फुङलिङमा जारि तस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा द योङ ब्रदर्श इटहरी, सुनसरी र चर्च ब्वोइज क्लब ललितपुर भिड्दै छ।
द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले क्वाटरफाइनलमा आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लब तात्लेजुङलार्ई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। त्यस्तै चर्च व्योइजले क्वाटरफाइनलमा लिजेण्ड फुटबल एकेडेमी सिलीगुडी, भारतलाई हराउदै सेमिफाइनलको यात्रा बनाएको हो। फुङलिङस्थित भानुजन मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ : ३० बजेदेखी शुरु हुने आयोजकले जनाएको छ।
साउन २४ गतेदेखी गोल्डकप शुरु भएको हो। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान बाइक तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।
गोल्डकपको विजेताले उपाधिसहित नगद ७ लाख २ हजार ८२ रुपैया पाउने छ। उपविजेताले ३ लाख ८२ रुपैँया पाउने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









