+
+

ओली नेतृत्वको प्यानललाई विजयी गराउन मैदानमा उत्रिए प्रदीप ज्ञवाली

82 पटक हेरिएको
Clock २०८२ पुष १, मंगलवार १५:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन्।
२. ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन्।
३. ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन्, "मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो," भनेर पार्टीलाई बलियो बनाउन केपी ओली र शंकर पोखरेलसँगै छन्।

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन्।

महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन्।

उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरुलाई सिङ्गाे प्यानलमा मतदान गर्न आग्रह गरेका छन्।

पार्टीभित्र देखिएका मतभेद र असहमतिको चर्चा बीच ज्ञवालीको सक्रियता संस्थापन पक्षका लागि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन् । “मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो,” ज्ञवालीले भनेका छन्, “पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु।”

महाधिवेशनको निर्णायक घडीमा ज्ञवालीजस्ता प्रभावशाली नेताको सक्रिय समर्थनले ओली नेतृत्वको प्यानलको प्रचार अभियानलाई थप ऊर्जा दिएको र संस्थापन पक्षको एकताको सन्देश बलियो बनेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win