0 प्रतिक्रिया
जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा
AI सारांश
Fast AI१. जापानको सिजुओका जिल्ला अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
२. इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो र करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो ।
३. इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ ।
काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो । इवाओ हाकामाडालाई करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो तर विभिन्न कारणले उनको मृत्युदण्डको फैसला स्थगित हुँदै आएको थियो । यस्तो अवस्थामा सन् २०१४ मा इवाओ हाकामाडाको नाम सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगिरहेका कैदीको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो ।
जापानको सिजुओका जिल्ला अदालतले इवाओ हाकामाडालाई सफाइ दिएको छ । इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ । अदालतको आदेशप्रति खुशी व्यक्त गर्दै इवाओ हकामाडीकी बहिनी हिडेको हाकामाडाले भनिन्, ‘अदालतको आदेश टिभीमा सुनेपछि म निकै भावुक भएँ र आँखाबाट आँसु बगिरह्यो । वास्तवमा, इवाओलाई मृत्युदण्डको सजाय सुनाइएको प्रमाणमा शंकाका कारण इवाओ हकामाडाको मुद्दाको सुनुवाइ २०१४ मा फेरि सुरु भएको थियो ।
इवाओ हाकामाडा एक पूर्व मुक्केबाज हुन् र उनको पूर्व हाकिम र उनको परिवारलाई छुरा प्रहार गरी हत्या गरेको र उनीहरूको घर जलाएको आरोप लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा इवाओ हकामाडाले आफ्नो अपराध स्वीकार गरेका थिए तर पछि इवाओले आफ्नो बयान फिर्ता लिएका थिए र प्रहरीको दबाबमा बयान दिएको आरोप लगाएका थिए ।
इवाओलाई सन् १९६८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो र सन् १९८० मा जापानको सर्वोच्च अदालतले पनि इवाओको मृत्युदण्डलाई कायम राखेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











