+
+

फाइभ स्टार फुटवल क्लब च्याम्पियन

173 पटक हेरिएको
Clock २०८१ फाल्गुन १०, शनिबार २०:४९
-- Sponsored --

AI सारांश

Fast AI

फुटबल प्रतियोगिताको सारांश निम्नलिखित बुँदामा प्रस्तुत गरिएको छ:

* यासोक-पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ को मेहेलबोटेमा भएको अन्तर क्लब आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द–७ को फाइभ स्टार फुटबल क्लव जितेको छ।
* फाइनल खेलमा आङसराङ सिस्नेरी फुटबल क्लवलाई ट्राइवेकरमा ५–४ को हराउँदै फाइभ स्टारले उपाधि कब्जा गरेको हो र उपाधि हात पारेको फाइभ स्टारले नगद ५१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र पायो।
* प्रतियोगिताको विजेता र उपविजेता टोलिलाई गाउँपालिका अध्यक्ष वृजा आङदेम्बे, पुर्वराजदुत कान्ता रिजाल र वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले पुरस्कार वितरण गरेका थिए र प्रतियोगिताको बेस्ट गोलरक्षक, बेष्ट डिफेन्डर, बेष्ट प्लेयर, हाइस्कोलर र बेष्ट फरर्वाड पनि घोषित भए ।

रमेश थापा

यासोक-पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ को मेहेलबोटेमा भएको अन्तर क्लब आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द–७ को फाइभ स्टार फुटबल क्लव जितेको छ। बिहिवार भएको फाइनल खेलमा आङसराङ सिस्नेरी फुटबल क्लवलाई ट्राइवेकरमा ५–४ को हराउँदै फाइभ स्टारले उपाधि कब्जा गरेको हो। उपाधि हात पारेको फाइभ स्टारले नगद ५१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र पायो। भने उपविजेता बनेको सिस्नेरीले ३१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो। प्रतियोगिताको विजेता र उपविजेता टोलिलाई गाउँपालिका अध्यक्ष वृजा आङदेम्बे, पुर्वराजदुत कान्ता रिजाल र वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको निर्धारित समयमा दुबै टीमबाट गोल रहित बराबरीमा रोकिएपछि खेल ट्राइव्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको बेस्ट गोलरक्षक फाइभ स्टारका रुस्तम आङ्देम्बे, बेष्ट डिफेन्डर युनिस मगर, बेष्ट प्लेयर कर्बु राई र हाइस्कोलर प्रविण राई घोषित भए । त्यस्तै सिस्नेरीका बेष्ट फरर्वाड निश्चल सम्बाहाम्फे घोषित हुदै नगद, ट्रफि र मेडल हात पारे ।

प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर यूवा जागरण क्लव फाल्गुनन्दले अन्तर क्लब आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फागुन ६ देखि ८ गते सम्म सञ्चालन भएको प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाका आठ टीम सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win