+
+

राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सव : यासोक शाखाद्वारा ग्राहक–व्यवसायी सम्मानित

Clock २०८२ माघ ११, आईतवार १४:४९
-- Sponsored --

पाँचथर — राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको अवसरमा यासोक शाखाले शनीबार विशेष कार्यक्रम आयोजना गरी बैंकका नियमित ग्राहक तथा स्थानीय व्यवसायीहरूलाई सम्मान गरेको छ। कार्यक्रममार्फत बैंकले आफ्ना ग्राहकप्रतिको कदर प्रकट गर्दै उनीहरूको आर्थिक योगदान, लगानीप्रतिको निष्ठा र सक्रियतालाई उच्च मूल्यांकन गरेको हो।
कार्यक्रममा सबैभन्दा बढी निक्षेप जम्मा गर्ने ग्राहकका रूपमा कुम्मायक–३ की हीमा ढकाललाई सम्मान गरिएको थियो। त्यसैगरी कृषि कर्जामार्फत नमुना व्यवसाय सञ्चालन गर्दै आएका यासोक व्यवसायिक बाख्रा फर्मका प्रोप्राइटर रुमा बोहोरा तथा डिजिटल कारोबारमा सबैभन्दा बढी कारोबार गर्ने कुम्मायक–१ का व्यवसायी गोपाल खड्कालाई पनि सम्मान प्रदान गरिएको थियो।
यस किसिमको सम्मानले स्थानीय व्यवसायी र ग्राहकबीच बैंकप्रतिको विश्वास र सहकार्य अझ मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम शाखा प्रबन्धक मनोज थाम्सुहाङ्गले सञ्चालन गरेका थिए। उनले केक काटेर कर्मचारी र सहभागीहरूसँग खुशी साटासाट गर्दै ६१औँ वार्षिकोत्सव मनाएका थिए। कार्यक्रममा उत्साहपूर्ण वातावरण रहेको थियो। शाखा प्रबन्धक थाम्सुहाङ्गले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरी समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस