+
+

फिदिममा दोश्रो सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता सुरु

23 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख ११, शुक्रबार ०८:११
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

१. पाँचथरको फिदिममा दोश्रो सुम्हात्लुङ कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ, जसमा नेपाल र भारतबाट २०० जनाभन्दा बढी खेलाडी सहभागी छन।

२. प्रतियोगितामा विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुने छ, जस्तै पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज र गल्र्स, भेट्रान्स, सुपर भेट्रान्स, आन्तरिक ‘बी’ समूह र उदयमान प्लेयर विधा, र विजेता खेलाडीहरुले आकर्षक पुरस्कार प्राप्त गर्नेछन।

३. प्रतियोगिताको उद्देश्य फिदिमको ऐतिहासिक एवम् धार्मिक स्थल सुम्हात्लुङसहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने, ब्याडमिन्टन खेलको संस्थागत विकास तथा खेलाडीहरुको हौसलाका लागि गरिएको छ, र यस प्रतियोगिता सम्पन्न गर्न करीव रु. २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

रवीन्द्र काफ्ले (रासस)

पाँचथर, १० वैशाखः

पाँचथरको फिदिममा बिहिबारदेखि दोश्रो सुम्हात्लुङ कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

ब्याडमिन्टन संघ, पाँचथरले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले उद्घाटन गर्नुभयो। प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य केरुङले पाँचथरका गाउँ–गाउँसम्म विकास भएको ब्याडमिन्टन खेललाई प्रवर्द्धन गर्न प्रतियोगिता सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो। उहाँले बढ्दो कूलतको लतबाट युवाहरुलाई टाढै राख्न तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि ब्याडमिन्टन खेलको विस्तार आवश्यक रहेको वताउनुभयो।

प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज र गल्र्स (१५ वर्षभन्दा मुनि र १३ वर्षभन्दा मुनि), भेट्रान्स, सुपर भेट्रान्स, आन्तरिक ‘बी’ समूह र उदयमान प्लेयर विधामा प्रतिस्पर्धा हुने ब्याडमिन्टन संघ पाँचथरका सचिव मंगल बेघाले जानकारी दिनुभयो। भेट्रान्स समूहमा दुई खेलाडीको कूल उमेर १०० वर्षभन्दा बढी तथा सुपर भेट्रान्समा ६० वर्षभन्दा माथिको उमेरका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन। 

पुरुष डबल्सतर्फका विजेताले रु. ५५ हजार तथा उपविजेताले रु. २८ हजार, महिला डबल्सका विजेताले रु. ४० हजार र उपविजेताले रु. २० हजार, भेट्रान्स र सुपर भेट्रान्स विधाका विजेताले रु. ४० हजार तथा उपविजेताले रु. २० हजार पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगितामा एक नम्बर बरियताकी महिला खेलाडी रसिला महर्जनसहित नेपाल र भारतबाट २०० जनाभन्दा बढी खेलाडी सहभागी छन।

गत वर्षदेखि आयोजना गर्न थालिएको प्रतियोगताको दोश्रो संस्करण सम्पन्न गर्न करीव रु. २१ लाख खर्च लाग्ने अनुमान गरिएको ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो। यस वर्ष प्रतियोगिता सम्पन्न गर्न ब्यक्तिहरुले नै हालसम्म रु. आठ लाख सहयोग गरिसकेका छन भने रु. सात लाखभन्दा बढीको सहयोग गर्ने संस्थागत प्रतिवद्धता आएको अध्यक्ष तुम्बापोले वताउनुभयो।

फिदिममा अवस्थित ऐतिहासिक एवम् धार्मिक स्थल सुम्हात्लुङसहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने, ब्याडमिन्टन खेलको संस्थागत विकास तथा खेलाडीहरुको हौसलाका लागि प्रतियोगिता आयोजना गर्न थालिएको ब्याडमिन्टन संघ पाँचथरले जनाएको छ। प्रतियोगिता फिदिमको जिल्ला समन्वय समितिको परिसरमा रहेको कबर्डहलमा सञ्चालन भएको हो। शनिवार प्रतियोगिता सम्पन्न गर्ने आयोजकको तयारी छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीहरु दुर्गा सारु मगर र कृष्ण तामाङ तथा परणोपरान्त रामबीर राई, दलकर्ण राई र गोपाल सिलावालका परिवारजनलाई सम्मान गरिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्