0 प्रतिक्रिया
कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप: उद्घाटन खेल यलम्बर र कर्णसिं सोनामबीच हुने
AI सारांश
Fast AIअहिले सेवा व्यस्त छ, कृपया केही समय पछि हेर्नुहोला।
मनोज थापा
पाँचथर- कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आयोजना हुन लागेको दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को खेल तालिका आईतबार सार्वजनिक गरिएको छ। “यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिता कुम्मायक स्थित पृथ्वी माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेल मिति २०८३/०१/१९ गते यलम्बर युवा संस्था (आयोजक) र कर्णसिं सोनाम F.C ताप्लेजुङ बीच हुनेछ। त्यसैगरी २० गते झापा–११ F.C झापा र रेडहर्स F.C इलाम, २१ गते म्याङ्लुङ स्पोर्टिङ क्लब र मरिक F.C धरान तथा २२ गते पथरी–११ F.C मोरङ र पाँचथर F.C पाँचथर बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। सबै खेलहरू दिउँसो २:०० बजेबाट सञ्चालन हुनेछन्।
प्रतियोगितामा आयोजक यलम्बर युवा संस्था सहित पाँचथर F.C, रोयल जुदाह F.C काठमाडौं, झापा–११ F.C झापा, पथरी–११ F.C मोरङ, मरिक F.C धरान, रेडहर्स F.C इलाम र कर्णसिं सोनाम F.C ताप्लेजुङ सहभागी हुनेछन्। प्रत्येक टिमले अधिकतम ४ जना विदेशी खेलाडीसमेत सहभागी गराउन सक्ने व्यवस्था गरिएको छ।
पुरस्कारतर्फ विजेताले नगद रु. ४,२५,५५५ र उपविजेताले रु. २,१२,७७७ प्राप्त गर्नेछन्। व्यक्तिगत विधागत पुरस्कारहरूमा प्लेयर अफ द टुर्नामेन्ट (रु. १५,०००), बेस्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड (जनही रु. १०,०००), हाईएस्ट स्कोरर (रु. १२,०००), बेस्ट कोच (रु. ७,०००), राइजिङ प्लेयर (रु. १०,०००) प्रदान गरिनेछ। साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. ७,००० र फ्यान अफ द म्याचलाई रु. १,५०० प्रदान गरिनेछ।
खेलहरू प्रत्यक्ष प्रसारण (LIVE) मार्फत GoalNepal.com बाट हेर्न सकिने व्यवस्था गरिएको छ।
उक्त प्रतियोगिताको आयोजक यलम्बर युवा संस्था रहेको छ भने मुख्य आयोजक तङ्सुम तङ्नाम (त्रिशाली पूजा) तथा मेला मूल आयोजक समिति रहेको छ। प्रवर्दक कुम्मायक गाउँपालिका कार्यालय, यासोक पाँचथर र मिडिया पार्टनर विश्व सञ्चार (Bishwasanchar.com) रहेका छन्।
परापूर्वकालदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम (त्रिशाली पूजा) तथा मेला, २०८३ बैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ। पूजा तथा मेलाको अवसरमा यस प्रतियोगिता कुम्मायक कुस्सायक धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने साथै स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











