+
+

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि दौड तय: म्याङलुङ र रेड हर्ष इलाम फाइनलमा

90 पटक हेरिएको
Clock २०८३ बैशाख २४, बिहीबार २०:४९
-- Sponsored --

AI सारांश

Fast AI

१. दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधि दौड अन्तिम चरणमा पुगेको छ, जसमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब र इलामको रेड हर्ष एफसी इलाम आमनेसामने हुने भएका छन्।
२. बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रेड हर्ष एफसी इलामले पथरी–११ एफसी लाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
३. अब प्रतियोगिताको अन्तिम दिन बैशाख २५ गते शुक्रबार पृथ्वी माविको खेलमैदानमा म्याङलुङ स्पोर्टिङ क्लब र रेड हर्ष एफसी इलामबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

मनोज थापा

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधि दौड अन्तिम चरणमा पुगेको छ। अब उपाधिका लागि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब र इलामको रेड हर्ष एफसी इलाम आमनेसामने हुने भएका छन्।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रेड हर्ष एफसी इलामले पथरी–११ एफसी लाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो।

अब प्रतियोगिताको अन्तिम दिन बैशाख २५ गते शुक्रबार पृथ्वी माविको खेलमैदानमा म्याङलुङ स्पोर्टिङ क्लब र रेड हर्ष एफसी इलामबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

बिहिबार सम्पन्न खेलमा रेड हर्ष एफसी इलामका विवेक सुनम ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु. ७,००० प्राप्त गरे भने सिम्रन आङ्देम्बे ‘फ्यान अफ द म्याच’ घोषित हुँदै नगद रु. १,५०० प्राप्त गरिन्।

यलम्बर युवा संस्थाको आयोजनामा त्रिशाली पूजा तथा मेलाको अवसरमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो। 

बिहीबार सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लावती रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता यलम्बर युवा संस्थाका अध्यक्ष बिबस लावतीले गर्नुभएको थियो।

प्रतियोगिताको विजेता टोलीले नगद रु. ४,२५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २,१२,७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win