0 प्रतिक्रिया
फिदिममा ४ वर्षीय बालकमाथि कुटपिट गर्ने शिक्षिका पक्राउ
AI सारांश
Fast AI१. फिदिम नगरपालिका–१४ स्थित न्यु लुङरुपा बोर्डिङ स्कुलकी शिक्षिका सुबित्रा सेन्दाङले एल.के.जी.मा अध्ययनरत ४ वर्षीय शेसेफुङ नेम्वाङलाई कुटपिट गरेको भन्दै प्रहरी नियन्त्रणमा परेकी छन्।
२. घटनापछि बालकलाई उपचारका लागि जेठ १ गते गणेशमानसिंह सामुदायिक अस्पताल मा भर्ना गरिएको थियो र हाल बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
३. विद्यालय प्रशासनले घटनामा संलग्न शिक्षिकालाई निलम्बन गरिएको छ र उपचार खर्च विद्यालय र सम्बन्धित शिक्षिकाले व्यहोर्ने विद्यालयका प्रिन्सिपल जस राज राईले जानकारी दिएका छन्।
फिदिम नगरपालिका–१४ स्थित न्यु लुङरुपा बोर्डिङ स्कुल मा अध्ययनरत ४ वर्षीय बालकमाथि शिक्षिकाले निर्घात कुटपिट गरेको घटनामा संलग्न शिक्षिका प्रहरी नियन्त्रणमा परेकी छन्।
विद्यालयको एल.के.जी.मा अध्ययनरत ४ वर्षीय शेसेफुङ नेम्वाङलाई पढाउने क्रममा नजानेको भन्दै सोही विद्यालयकी शिक्षिका सुबित्रा सेन्दाङले कुटपिट गरेको पाइएको छ। परिवारका अनुसार गत बैशाख ३० गते भएको उक्त घटनापछि बालकको ढाडसहित शरीरका विभिन्न भागमा निलडाम देखिएको थियो।
रातभरि सुत्न नसक्ने, ज्वरो आउने तथा शरीरभरि चोट देखिएपछि परिवारले बालकलाई उपचारका लागि जेठ १ गते गणेशमानसिंह सामुदायिक अस्पताल मा भर्ना गरेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रेस विज्ञप्ति जारी गर्दै बालकमाथि कुटपिट भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको जनाएको छ। प्रहरीका अनुसार बालकको स्वास्थ्य अवस्था सामान्य रहेको तथा कुटपिटमा संलग्न शिक्षिका सुबित्रा सेन्दाङलाई पक्राउ गरी बालबालिकासम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
विद्यालय प्रशासनले घटनामा संलग्न शिक्षिकालाई निलम्बन गरिएको जनाएको छ। साथै उपचार खर्च विद्यालय र सम्बन्धित शिक्षिकाले व्यहोर्ने विद्यालयका प्रिन्सिपल जस राज राईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









