0 प्रतिक्रिया
पाँचथरमा काँग्रेसका पाँच महाधिवेशन प्रतिनिधि निर्विरोध, २९ पदका लागि मतदान हुने
रवीन्द्र काफ्ले
पाँचथर, १२ असोजः
नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत पाँचथरमा पाँच जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन। पाँचथरबाट निर्वाचित हुने ३४ जना महाधिवेशन प्रतिनिधिमध्ये पाँच जना निर्विरोध भएका हुन।
निर्विरोध निर्वाचित हुनेमा प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व पीडित समूहबाट नारायण कोइराला, समावेशी मधेशी समूहबाट राजेश देव पोदार, पेशागत विषय विज्ञ समूहबाट तुलसी आचार्य, अपाङ्गता समूहबाट नवीनचन्द्र ढुङ्गेल र अल्पसङ्ख्यक समूहबाट कुमार बान्तवा राई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो। महाधिवेशन प्रतिनिधिका बाँकी २९ पदमा भने मंगलबार मतदान हुने भएको छ।
खुल्ला समूहका १० जना महाधिवेशन प्रतिनिधिमा २२ जना उम्मेदवार छन। काँग्रेस संसदीय दलका नेता एवम् प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभा सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङ समेत खुला महाधिवेशन प्रतिनिधिका उम्मेदवार बन्नुभएको छ। यस समूहमा काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू, उपसभापति एवम् भावी सभापतिका आकाङ्क्षी बृजहाङ आङदेम्बे, अर्का उपसभापति डिकेन्द्र चेम्जोङ, सचिव दीपक नेपाल, कोषाध्यक्ष रमेशभगत प्रधानाङ्ग, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी लगायत प्रतिस्पर्धामा हुनुहुन्छ।
यस समूहमा कर्ण माङलाक, छविरमण बाँस्कोटा, टीका अधिकारी, टेकबहादुर काम्बाङ, तुलसीराम ढुङ्गेल, प्रविन नेम्बाङ, पूर्णकुमार तुम्बापो, यामप्रसाद चापागाईं, यामबहादुर ढुङ्गाना, राजेन्द्रप्रसाद तिमिल्सिना, वीरेन्द्रकुमार शेर्मा, सुमन लामा, सूर्यकुमार नेम्बाङ र होमनाथ थापा पनि उम्मेदवार रहनुभएको छ।
यस्तै पाँच जना निर्वाचित हुने खुला महिला समूहमा गंगामाया थेगिम, देवित्राकुमारी आङदेम्बे, बिमला हाङसरुम्बा, मैया श्रेष्ठ लावती र शान्ता बाँस्कोटा उम्मेदवार रहनुभएको छ। यस्तै एक जना निर्वाचित हुने खसआर्य खुलामा ताराप्रसाद भट्टराई, निर्मल रिजाल, लवदेव ढुंगाना, विकास थापा र त्रिभुवन घिमिरे गरी पाँच जना उम्मेदवार रहनुभएको निर्वाचन समितिले जनाएको छ।
यस्तै एक जना निर्वाचित हुने खस आर्य महिला समूहमा दिलकुमारी घिमिरे र सरिता अधिकारी भण्डारी उम्मेदवार रहनुभएको छ । खुला युवा (३५ वर्षभन्दा कम उमेर) समूहमा कमल तामाङ, कृष्णप्रसाद प्याकुरेल, गजेन्द्र तुम्बापो, चेतन लावती र धनकुमार लावती उम्मेदवार रहनुभएको छ । यसैगरी एक जना निर्वाचित हुने महिला युवामा चन्द्रकला दाहाल र भावना रिजाल उम्मेदवार बन्नुभएको छ।
चार जना निर्वाचित हुने आदिवासी जनजाति खुलामा १२ जना उम्मेदवार रहनुभएको छ। यस समूहमा कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीसहित इन्द्रबहादुर चेम्जोङ, खड्गसुन्दर लावती, गणेशकुमार थाम्सुहाङ, ताराहाङ तावा, तिलविक्रम चेम्जोङ, धनराज तुम्बापो, मानप्रकाश खेवाङ, मिसेक फियाक, राजेन्द्र नेम्बाङ, लक्ष्मण गुरुङ र विजयहाङ आङदेम्बे उम्मेदवार रहनुभएको छ । तीन जना निर्वाचित हुने आदिवासी जनजाति महिलामा गोमादेवी आङदेम्बे, ताराकुमारी योङहाङ, भीमादेवी गुरुङ, मधु जबेगू र सुनमाया राई उम्मेदवार बन्नुभएको छ।
यस्तै एक जना निर्वाचित हुने खुला दलितमा निरबहादुर विश्वकर्मा (बिमल धमला) र भुपेन्द्र धमला विश्वकर्मा तथा एक जना निर्वाचित हुने समावेशी दलितमा खड्क ठटाल, खम्बसिंह लुहागुन र देवीचन्द्र पोर्तेल उम्मेदवार बन्नुभएको छ। यस्तै एक जना निर्वाचित हुने श्रमिक समूहमा तीर्थराज मिश्र र दिवाकर बाँस्कोटा उम्मेदवार रहनुभएको छ।
क्षेत्रीय अधिवेशनअन्तर्गत काँग्रेसले दुवै क्षेत्रमा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशन प्रतिनिधि समेत निर्वाचित गर्नेछ । पाँचथरमा काँग्रेसका एक हजार ४०० भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरुले निर्वाचित हुने पदका लागि मतदान गर्ने छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






