0 प्रतिक्रिया
काँग्रेस महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा केरुङलाई सर्वाधिक मत, आङदेम्बे दोश्रो
नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत पाँचथरमा प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङ सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको छ।
भर्खरै सम्पन्न मतगणनाअनुसार महाधिवेशन प्रतिनिधिमा केरुङले सर्वाधिक मत प्राप्त गर्दा काँग्रेस संसदीय दलका नेता तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दोश्रो मत पाउनुभएको छ। क्षेत्रीय अधिवेशनमा भएको मतदानको मत परिणामअनुसार केरुङले एक हजार २११ मत पाउनुभएको छ भने आङदेम्बेले एक हजार १८९ मत प्राप्त गर्नुभएको छ। यस्तै काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू एक हजार १४३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ।आङदेम्बे काँग्रेसको चौधौं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित हुनुभएको थियो भने केरुङ काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो।
मतपरिणामअनुसार खुल्ला समूहबाट बृजहाङ आङदेम्बे, दीपक नेपाल, पूर्णकुमार तुम्बापो, कर्ण माङलाक, सुमन लामा, डिकेन्द्र चेम्जोङ र सूर्यकुमार नेम्बाङ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। १० जना निर्वाचित हुने खुल्ला समूहमा २२ जना नेताहरु प्रतिस्पर्धामा थिए। यस्तै खुल्ला महिला समूहबाट मैया श्रेष्ठ लावती, बिमला हाङसरुम्बा, देवित्राकुमारी आङदेम्बे र शान्ता बाँस्कोटा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो।
यस्तै आदिवासी जनजाति खुल्ला समूहबाट बमप्रसाद लावती, धनराज तुम्बापो, ताराहाङ तावा र बिजयहाङ आङदेम्बे, आदिवासी जनजाति महिला समूहबाट मधु जबेगू, गोमादेवी आङदेम्बे र ताराकुमारी योङहाङ, खसआर्य महिला समूहबाट सरिता भण्डारी अधिकारी, खसआर्य खुल्ला समूहबाट निर्मल रिजाल, युवा समूहबाट धनकुमार लावती र गजेन्द्र तुम्बापो, खुल्ला दलित समूहबाट निरबहादुर विश्वकर्मा, समावेशी दलित समूहबाट देवीचन्द्र पोर्तेल र श्रमिक समूहबाट दिवाकर बाँस्कोटा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो।
यसअघि नै प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व पीडित समूहबाट नारायण कोइराला, मधेशी समूहबाट राजेश देव पोदार, पेशागत विज्ञ समूहबाट तुलसी आचार्य, युवा महिलामा चन्द्रकला दाहाल, अपाङ्गता समूहबाट नवीनचन्द्र ढुङ्गेल र अल्पसङ्ख्यक समूहबाट कुमार बान्तवा राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
यस्तै पाँचथर प्रदेश सभा क्षेत्र नं. १ को सभापतिमा गणेशप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ। पोखरेलले ४१० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी अमीरहाङ केरुङले २९३ मत प्राप्त गर्नुभयो। यस्तै प्रदेश सभा क्षेत्र नं. २ को सभापतिमा भरत तुम्बापो विजयी हुनुभएको छ। तुम्बापोले ३०३ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सन्तकुमार शेर्माले २८६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। यस्तै पाँचथर प्रदेशसभा क्षेत्र नं. १ मा प्रदीप भण्डारी र क्षेत्र नं. २ मा कैलाश शेर्मा निर्वाचित हुनुभएको छ। केही प्रदेश प्रतिनिधि बाहेक अधिकांश पदमा भने निर्विरोध भएको थियो।
यसअघि पाँचथर काँग्रेसले फिदिम नगर कार्यसमिति सहित सात वटै गाउँपालिका कार्यसमिति र ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको थियो। पाँचथरमा काँग्रेसका एक हजार ४७६ जना क्षेत्रीय प्रतिनिधि रहेकामा हिँजो सम्पन्न निर्वाचन प्रकृयामा एक हजार ३८५ जना सामेल भएको निर्वाचन समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






