0 प्रतिक्रिया
साविक रानीगाउँ–३ लाई हराउँदै रानीगाउँ–४ ले जित्यो भलिबल उपाधि
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिका–३, सिम्राहमा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा साविक रानीगाउँ–४ ले रानीगाउँ–३ लाई पराजित गर्दै उपाधि जितेको छ।
२. विजेता टोलीले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले रु. १० हजारसहित सम्मान प्राप्त गरेको छ।
३. गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले स्थानीयस्तरमा खेलकुदको विकास र युवाहरूको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको बताउनुभयो।
पाँचथर। कुम्मायक गाउँपालिका–३, सिम्राहमा सञ्चालित साविक रानीगाउँ वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक २९ र ३० गते नव वसन्त युवा समूह कुम्मायक–३, सिम्राहको आयोजनामा तथा कुम्मायक गाउँपालिका वडा नं. ३ को कार्यालय सेपेनीको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
कुम्मायक गाउँपालिका–३ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा साविक रानीगाउँ–४ ले साविक रानीगाउँ–३ लाई पराजित गर्दै उपाधि जितेको छ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा साविक रानीगाउँ–३ ले पहिलो सेटमा १८, दोस्रो सेटमा २३ र तेस्रो सेटमा २५ अंक प्राप्त गरेको थियो। त्यस्तै, साविक रानीगाउँ–४ ले पहिलो र दोस्रो सेटमा समान २५–२५ तथा तेस्रो सेटमा २८ अंक प्राप्त गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
प्रतियोगिताको विजेता साविक रानीगाउँ–४ ले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता साविक रानीगाउँ–३ ले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, विशेष अतिथि कुम्मायक गाउँपालिका–३ का वडाध्यक्ष बाबुराम कार्कीलगायत जनप्रतिनिधिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लावतीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको बताउनुभयो। उहाँले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै युवाहरूलाई खेलकुदमा जोड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नव वसन्त युवा समूहका अध्यक्ष रमेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती प्रमुख अतिथि तथा कुम्मायक गाउँपालिका–३ का वडाध्यक्ष बाबुराम कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा आयोजकका तर्फबाट अमृत थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
आयोजक टोलीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्नुका साथै स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा योगदान पुर्याउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






