0 प्रतिक्रिया
राष्ट्रिय खेलकुदको प्रदेश छनोटमा फाल्गुनन्दका पाँच एथ्लेटिक्स खेलाडीले प्रतिस्पर्धा गर्ने
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिकाले दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेशस्तरीय छनोटमा सहभागी हुन लागेका पाँच जना एथ्लेटिक्स खेलाडीलाई खेल सामग्री प्रदान गरी बिदाइ गरेको छ।
२. गाउँपालिकाले खेलाडीहरूको मनोबल बढाउन ट्र्याकसुट, जर्सी, खेल जुत्ता र अन्य आवश्यक सामग्री उपलब्ध गराएको छ।
३. छनोट भएका खेलाडीहरूको टोली आगामी मङ्सिर ५ गते प्रतियोगितामा सहभागी हुन इटहरी प्रस्थान गर्ने तयारीमा रहेको छ।
पाँचथर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हुने कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका पाँच जना एथ्लेटिक्स खेलाडीलाई खेल सामग्रीसहित बिदाइ गरिएको छ।
जिल्लास्तरीय छनोट प्रतियोगितामा सफलता हासिल गर्दै प्रदेशस्तरीय छनोटका लागि स्थान सुरक्षित गरेका खेलाडीलाई फाल्गुनन्द गाउँपालिकाले आवश्यक खेल सामग्री प्रदान गर्दै बिदाइ गरेको हो। खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले संयुक्त रूपमा बिदाइ गर्नुभएको थियो।
बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष आङ्देम्बेले प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा समेत स्थान बनाउन खेलाडीहरूलाई शुभकामना दिनुभयो। खेलाडीहरूको मेहनत, अनुशासन र लगनशीलताले गाउँपालिका तथा जिल्लाको नाम उच्च राख्ने विश्वास व्यक्त गर्दै उहाँले प्रतियोगितामा सफलताको कामना गर्नुभयो।
गाउँपालिकाले खेलाडीहरूको मनोबल बढाउनुका साथै प्रतियोगितामा आवश्यक पर्ने सामग्रीको अभाव हुन नदिन ६ सेट ट्र्याकसुट, ५ सेट ब्याग, ६ सेट जर्सी, खेल जुत्ता र दुईवटा रोलरलगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।
जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष रेन्जोहाङ तुम्बापोका अनुसार प्रदेशस्तरीय छनोटमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा समिर आङ्देम्बे, फुड्सा नेम्बाङ, आशिष कुरुम्बाङ, कृतिका नेम्बाङ र विक्रम आङ्देम्बे रहेका छन्।
पाँचथरबाट छनोट भएका खेलाडीहरूको टोली आगामी मङ्सिर ५ गते प्रतियोगितामा सहभागी हुन इटहरी प्रस्थान गर्ने तयारीमा रहेका छन्।
स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले खेल सामग्री सहयोग गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






