+
+

कुम्मायक आधारभूत अस्पताल सुचारु, स्वास्थ्य क्षेत्रको सुधार गर्ने मन्त्री कार्कीको उद्घोष

137 पटक हेरिएको
Clock २०८१ जेष्ठ १७, बिहीबार १०:२९
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकाको ‘कुम्मायक आधारभूत अस्पताल (१५शैयाको) अस्पताल संचालनमा आएको छ ।
२. प्रदेश स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अस्पताल संचालन गर्नको लागि आवश्यक पर्ने दक्ष जनशक्ती र उपकरण सहयोगमा पहल गर्ने बताए।
३. कुम्मायक आधारभूत (१५ शैया) अस्पतालबाट मेडिकल अधिकृतबाट दैनिक सेवा, रेडियोलोजिष्ट, फार्मेशिष्ट सेवा साथै एम्बुलेन्स सेवामा गाउँपालिका भित्रका सेवाग्राहीहरुलाई भाडा दरमा २५ प्रतिशत छुट गरिएको छ।

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाको ‘कुम्मायक आधारभूत अस्पताल (१५शैयाको) अस्पताल संचालनमा आएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरे संगै अस्पताल संचालनमा आएको हो । संघीय सरकारले हरेक स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण योजना अन्तरर्गत गाउँपालिकाको आधारभूत अस्पताल उद्घाटन गरिएको थियो। मन्त्री कार्कीले असारमा प्रदेश सरकारले बजेट ल्याउने तयारी गर्दै गरेको र सोही बजेटमा कुम्मायक आधारभूत अस्पताललाई ब्यवस्थित गर्न प्राथमिकता दिने आश्वसन दिए। उनले आधारभूत अस्पताल संचालन गर्नको लागि आवश्यक पर्ने दक्ष जनशक्ती र उपकरण सहयोगमा पहल गर्ने बताए। ‘अहिले ग्रामिण क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवा पनि पाउन सकेका छैनन् जस्ले गर्दा तीनै तहका सरकार आलोचित बनेका छन। कार्कीले भने् तर कुम्मायक गाउँपालिकाले उदाहणीय पहल थालेको छ। अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, औषधी, उपकरण लगायतका सामाग्री उपलब्ध हुन्छ। यसमा ढुक्क हुन आग्रह गर्छु उनले भने।
गाउँपालिका प्रवक्ता देबेन्द्र कुमार लावतीले कुम्मायक आधारभूत (१५ शैया) अस्पतालबाट मेडिकल अधिकृतबाट दैनिक सेवा, रेडियोलोजिष्ट, फार्मेशिष्ट सेवा साथै एम्बुलेन्स सेवामा गाउँपालिका भित्रका सेवाग्राहीहरुलाई भाडा दरमा २५ प्रतिशत छुट गरिएको बताए । ‘हामीले अस्पतालबाट ९८ प्रकारको निशुल्क औषधी, आँखा चेकजाच परामर्श र उपचार र आयुर्वेद निशुल्क सेवा उपलब्ध गराएका छौ। लावतीले भने् प्रदेश सरकारले आवश्यक सहयोग गर्नेमा ढुक्क भएका छौ।
गाउँपालिका अध्यक्ष वम प्रसाद लावतीले आधारभूत अस्पताल संचालनको लागि १५ बेड मध्ये अहिले ८ बेड पूर्ण रुपमा संचालनमा आएको र अन्य बेडहरु पनि केही महिनामै संचालनमा आउने बताए। अस्पताल संचालनको लागि सङ्घीय र प्रदेश सरकारसंग उपकरण र जनशक्ती माग गरिएको छ। लावतीले भने प्रदेश सरकारले यो विषयलाई गम्भिरतापूर्वक लिनेमा बिश्वस्त भएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का जिल्ला समन्वय समिति संयोजक रामराज आङ्देम्बे लगायतले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासले मात्रै पालिका समृद्ध बन्न सक्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win