0 प्रतिक्रिया
अमर लावतीलाई कोरियाको आर्थिक सहयोग
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक–१ यासोक स्थीत सुब्जानीका गंगा प्रसाद लावती (अमर) लाई पापोहाङ लावती सयङ प्रवास कोरियाले आर्थिक सहयोग गरेको छ।
२. खुट्टा भाँचिएर उपचार गर्दै आएका अमरलाई लावती सयङ प्रवासले संकलन गरेको १ लाख ५ हजार दुई सय रुपैयाँ वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले हस्तान्त्रण गरेका थिए।
३. आर्थिक अवस्था कमजोर भएका लावतीको घरमा फुसको छानो हटाउन वडाले पहल गर्ने भएको छ।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक–१ यासोक स्थीत सुब्जानीका गंगा प्रसाद लावती (अमर) लाई पापोहाङ लावती सयङ प्रवास कोरियाले आर्थिक सहयोग गरेको छ। खुट्टा भाँचिएर उपचार गर्दै आएका अमरलाई लावती सयङ प्रवासले संकलन गरेको १ लाख ५ हजार दुई सय रुपैयाँ वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले हस्तान्त्रण गरेका थिए। गाउँपालिकाले संचालन गरेको प्रधानमन्त्री स्वरोजगारको कार्यक्रममा सहभागी लावतीको गत फागुनमा सडक निर्माणको क्रममा दाहिने खुट्टा भाँचिएको थियो । खुट्टा भाँचिएपछि आर्थिक अवस्था कमजोर भएका उनलाई लवाती सयङ प्रवास दक्षिण कोरियाबाट कृष्ण लावतीको संयोजनमा संकलित रकम वडा कार्यालयको समन्वयमा पीडित लावतीलाई हस्तान्त्रण गरिएको वडाअध्यक्ष लावतीले बताए ।
यस अघि पनि कुम्मायक गाउँपालिकाले लावतीको उपचारका लागि सहयोग गरेको थियो। आर्थिक अवस्था कमजोर भएका लावतीको घरमा फुसको छानो हटाउन वडाले पहल गर्ने भएको छ। लावतीलाई नि:शुल्क जस्तापाता उपलब्ध गराउँने र स्थानीयले जनश्रमदान गरी सहयोग गर्ने स्थानीय समाजसेवी जकेन्द्र लावतीले बताए। परिवारको अभिभावक थला परेको भन्दै वडाको सहयोगमा फुुसको छानो हटाएर जस्तापाताको छानो लगाउन समुदायले जनसहभागिता जुटाउने लावतीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









