0 प्रतिक्रिया
अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्
AI सारांश
Fast AI१. गायिका समीक्षा अधिकारीले अभिनेत्री पूजा शर्मालाई फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी छिन्।
२. अभिनेत्री पूजाले एक पोडकाष्टमा अभिनेता पल शाहलाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन्।
३. अभिनेता पल र पूजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन्, जसमा अभिनेत्री पूजा निर्मात्री पनि हुन्।
काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्।
उनले भनेकी छन्-
अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।
अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- ‘भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन।’
अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









