+
+

सरकारले उपसभामुखलाई राजीनामाका लागि बलजफ्ती गरेको छैनः सांसद बर्तौला

135 पटक हेरिएको
Clock २०८१ भाद्र २५, मंगलवार २०:३२
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताउनुभएको छ ।
२. उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताउनु भयो ।
३. उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताउनु भयो ।

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताउनुभएको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताउनुभएको हो । उहाँले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताउनु भयो । उहाँले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसदमा उठेको विषय भएको बताउनु भयो । उहाँले उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘उपसभामुखसँग जोडिएको घटना संसदको विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकुल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसदमा उठ्यो । एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसदको पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसदको मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफ्ती गरेका छैनौँ ।’
उहाँले प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाउनु भयो । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win