+
+

प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिमा थापा निर्वाचित

158 पटक हेरिएको
Clock २०८१ भाद्र ३०, आईतवार २२:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. झापा-५ (ख) बाट निर्बाचित प्रदेश सभा सदस्य होमबहादुर थापा प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
२. प्रत्येक समितिमा १-१ जनाले मात्र मनोनय दर्ता गरेकाले उनहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
३. समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका ३-३ जना र नेकपा माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएका छन्।

विराटनगर। झापा- ५ (ख) बाट निर्बाचित प्रदेश सभा सदस्य  होमबहादुर थापा प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा चयन भएका छन्। थापा समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन। विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार विहिबार मनोनय दर्ता र शुक्रबार निर्वाचन हुने तालिका रहेको थियो।

तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।

प्रत्येक समितिमा १-१ जनाले मात्र मनोनय दर्ता गरेकाले उनहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका ३-३ जना र नेकपा माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएका छन् ।

दलहरुबीच भएको भागबण्डामा एमालेका होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनेका छन् ।

त्यस्तै काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापति विनोद वान्तवा राई बनेका छन् । त्यसैगरी माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाएको छ र राजन किराँती सभापति बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win