+
+

तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ

Clock २०८१ आश्विन १४, सोमबार २१:०१
-- Sponsored --

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ।

अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विज्ञापनहरु