+
+

इजरायलमाथि इरानको मिसाइल आक्रमण

128 पटक हेरिएको
Clock २०८१ आश्विन १६, बुधबार ०७:००
-- Sponsored --

AI सारांश

Fast AI

इरानले इजरायलमाथि आक्रमण गरेको समाचारलाई निम्नलिखित ३ बुँदामा सारांशित गरिएको छ:

१. इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ, जसकारण तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन्।

२. इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारे पछि यसको बदला स्वरूप इरानले आक्रमण गरेको बताएको छ।

३. अमेरिकी, फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले इरानले इजरायलमाथि गरेको आक्रमणको विरोध गरेका छन्, जबकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण शुरु गरेको छ।

गएराती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको दाबि गरिएको छ। मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन्।

यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो।

इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारे पछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताएका छन् । उनले इजरायलले आफुहरुसँग इरानविरुद्ध कारवाही गर्ने योजना भएको र सहि समय र स्थान तय गरेर कारबाही गर्ने बताएका छन् । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इजरायललाई सहयोग गर्ने बताएका छन्।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन् । उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो । यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै इरानले इजरायलमाथि गरेको आक्रमणको फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले विरोध गरेका छन् ।

यसअघि इरानले यसै वर्षको अप्रिलमा इजरायलमा हमला गरेको थियो तर अमेरिका, जोर्डन र अन्य देशको सहयोगमा इजरायलले इरानले प्रहार गरेको सयौं मिसाइल र ड्रोनलाई पूर्णरुपमा असफल बनाएको थियो । त्यसपछि अमेरिकाले इजरायललाई संयमता अपनाउन भनेको थियो, जसका कारण इजरायलले इरानका केही आणविक केन्द्र नजिकैको हवाई अड्डामा आक्रमण गरे पनि ती केन्द्रहरूलाई निशाना बनाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win