+
+

रौतहटमा चोरीको ३ मोटरसाईकल सहित ३ चोर पक्राउ, लाखौंको सामान बरामद

90 पटक हेरिएको
Clock २०८१ आश्विन ३०, बुधबार १५:२८
-- Sponsored --

AI सारांश

Fast AI

१. रौतहट स्थित प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।
२. ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ।
३. जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको हो।

सञ्जय मिश्रा 
रौतहट ३० असोज। रौतहट स्थित प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको हो।

गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३ (०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित सोही ठाउँका श्यामबाबु साहको छोरा १९ बर्षीय धीरज साह पक्राउ परेका छन्।
त्यस्तै गत २२ गते दिउँसो १ बजेर ४५ मिनेटमा माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का अशोक महतोको छोरा १९ बर्षको श्याम महतो पक्राउ गरिएको छ। त्यसैगरी गत २६ गते बिहान ७ बजे शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरिया गाउँका शिवशंकर यादवको छोरा २१ बर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डिएसपी राजन कार्कीले बताएका छन्।  तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिएका छन्।

त्यस्तै भारतीय बजारबाट तस्करले २ वटा मोटरसाइकलमा राखेर भित्र्याएको २ लाख ११ हजार,५९० रुपैयाँ बराबरको कपडा, किराना सामान प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win