+
+

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’ लाई

188 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ कार्तिक २६, सोमबार ११:०२
-- Sponsored --

AI सारांश

Fast AI

विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ।
रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरिएको हो।
युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो।

धरान (सुनसरी), २५ कात्तिक : विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ।

कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो। धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा आज सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा भीम खतिवडा र कवि पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गर्नुभयो।

कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामध्येबाट निर्णायक समितिको सिफारिसअनुसार कवि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो।

सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो। पुरस्कारको राशि रु १० हजार रहेको छ। यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु पाँच हजारसहित सम्मान गरिएको थियो। साथै सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win