+
+

धर्मगुरु लिङदेनको जन्मोत्सवमा आज माङसेबुङ र माईमा सार्वजनिक विदा

60 पटक हेरिएको
Clock २०८१ मंसिर १८, मंगलवार १०:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकामा किरात धर्मगुरु मुहिङगुम आङ्सिमाङ लिङदेन सेईङको ७१ औं जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिइएको छ।
२. माङसेबुङ गाउँपालिका-५ मा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै आएको छ, जुन किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको छ।
३. स्थानीय निकायहरूले विगतका वर्षहरूदेखि नै यो दिनलाई विशेष महत्व दिँदै सार्वजनिक विदा दिने परम्परामा निरन्तरता दिँदै आएका छन्।

मनोज थापा

पाँचथर: किरात धर्मगुरु मुहिङगुम आङ्सिमाङ लिङ्देन सेईङको ७१ औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकामा मङ्गलबार (मंसिर १८ गते) सार्वजनिक विदा दिइएको छ।

दुवै पालिकाले औपचारिक सूचना जारी गर्दै यस क्षेत्रका स्थानीय बासिन्दाका लागि विदा दिने निर्णय गरेका हुन्। धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा माङसेबुङ गाउँपालिका-५ मा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै आएको छ। किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस क्षेत्रमा हरेक वर्ष धर्मगुरुको जन्मोत्सव भव्य रूपमा मनाइन्छ।

स्थानीय निकायहरूले विगतका वर्षहरूदेखि नै यो दिनलाई विशेष महत्व दिँदै सार्वजनिक विदा दिने परम्परामा निरन्तरता दिँदै आएका छन्। यस दिन आयोजना हुने धार्मिक गतिविधिले समुदायमा धार्मिक सहकार्य र सांस्कृतिक महत्व झल्काउने विश्वास गरिएको छ।

धर्मगुरु आत्मानन्द लिङदेन किरात धर्मावलम्बीहरूका लागि प्रेरणाको स्रोत हुन्। यस अवसरमा स्थानीय बासिन्दाले माङसेबुङ र वरपरका क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win