+
+

प्रधानसेनापति सिग्देल भारत प्रस्थान

127 पटक हेरिएको
Clock २०८१ मंसिर २५, मंगलवार १९:३७
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको भारत भ्रमणको बारेमा ३ वटा बुँदामा छोटो सारांश यसप्रकार छ:

* नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्।
* सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ र उनी इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्।
* सिग्देल ३० मंसिरमा स्वदेश फर्कने छन् भने उनको टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी रहेका छन्।

काठमाडौं, २५ मंसीर । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्। 

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्, जसका लागि आज उनी भारत प्रस्थान गरेका हुन् । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी रहेका छन ।

प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।

सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

उनी ३० मंसिरमा स्वदेश फर्कने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win