+
+

सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी

260 पटक हेरिएको
Clock २०८१ जेष्ठ १४, सोमबार ०७:१६
-- Sponsored --

AI सारांश

Fast AI

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनीहरुले भनेका छन् कि अदालतमा विचाराधीन विषयमा उनीहरूले दिएको अभिव्यक्ति गलत भएको हुनाले माफी मागिरहेका छन् ।

उनीहरुले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै माफी मागेका हुन् ।

काठमाडौँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् ।

सोमबार दुवैले एक भिडियो सन्देस जारी गर्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका हुन् ।

सिरोहिया पक्राउ बारे मह जोडीको अभिव्यक्तिपछि उनीहरुको सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो ।

भिडियोमा उनीहरुले भनेका छन्- ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो ।  हामी पनि के बोल्ने भनेर अकमकियौँ । अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनु होला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win