0 प्रतिक्रिया
पाँचथरको फिदिम बजारमा बिपदका सामग्री
AI सारांश
Fast AI१. फिदिम नगरपालिकाले सार्वजनिक स्थानमा विपद् प्रतिकार्य सामग्रीहरु राखेको छ।
२. विपद्का सामग्रीहरु बजारमा हुने आगलागी नियन्त्रण साथै प्राकृतिक प्रकोपको समयमा विपतको सामग्री सहजै प्रयोग गर्न मिल्ने गरी राखिएको छ।
३. पछिल्लो समयमा सहर बजारदेखि गाउँसम्म ग्यास सिलिन्डरको प्रयोगले हुने आगलागीको जोखिमबारे नमुना अभ्यास प्रर्दशन गरिएको हो।
रमेश थापा
पाँचथर-पाँचथरको फिदिम नगरपालिकाले सार्वजनिक स्थानमा विपद् प्रतिकार्य सामग्रीहरु राखेको छ। नगरपालिकाले फिदिम बजारको गणतन्त्र चोक, आहालगैरी र पुरानो ट्राफिक कार्यालय छेउ गरी तीन स्थानमा विपतको बेला आवश्यक पर्ने सामग्रीहरू खुल्ला कक्ष निर्माण गरी राखेको हो।
सार्वजनिक स्थलमा राखिएका विपद्का सामग्रीहरु बजारमा हुने आगलागी नियन्त्रण साथै प्राकृतिक प्रकोपको समयमा विपतको सामग्री सहजै प्रयोग गर्न मिल्ने गरी राखिएको छ। फिदिम बजारमा हुने विपद् जन्य घटना न्युनीकरण गर्न र बजारबासीले आवश्यक परेको समयमा उक्त सामग्रीको प्रयोग गर्न सहज होस भन्ने उदेश्यले विपद्का सामग्री राखिएको फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
सोही अवसरमा रणशेर गण ओदेन पाँचथरले ग्यास सिलिन्डरबाट हुने आगलागीको जोखिमबाट बच्न गरिने सुरक्षाको उपायबारे नमुना अभ्यास समेत प्रस्तुत गरेको थियो । पछिल्लो समयमा सहर बजारदेखि गाउँसम्म ग्यास सिलिन्डरको प्रयोगले हुने आगलागीको जोखिमबारे नमुना अभ्यास प्रर्दशन गरिएको हो । सो कार्यक्रममा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कोइराला, शुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थिति रहको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







