0 प्रतिक्रिया
पूर्वसभापति आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान
पाँचथर, १५ जेठः
नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य पाँचथरमा स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखामा स्थापित उक्त पुरस्कार आज गणतन्त्र दिवसको अवसर पारेर फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । शाखाले आज आयोजना गरेको मिडिया सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वसभापति डा. आचार्यलाई सम्मानपत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो । कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती, शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले आचार्यलाई सम्मान गर्नुभएको थियो। प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पु¥याउने पत्रकारहरुलाई पुरस्कृत गरिँदै आएको उक्त पुरस्कारको राशी रु. ३३ हजार रहेको छ।
गणतन्त्र दिवसको अवसर पारेर उक्त सम्मान वितरण हुँदै आएको शाखा अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा अध्यक्षहरु हरिहर बिरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, शिव गाउँले लगायत पुरस्कृत भइसक्नु भएको छ ।
सोही कार्यक्रममा फिदिम नगरपालिकाद्वारा स्थापित रु. २५ हजार राशीको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइटेल पुरस्कृत हुनुभएको छ। यस्तै शाखामा स्थापित भएको रु. १० हजार राशीको हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने रु. १० हजार राशीको प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार विनोदकुमार सुब्बा (सन्देश) पुरस्कृत हुनुभएको छ।
सम्मान तथा पुरस्कार वितरणपछि मिडिया सम्मेलन समेत सम्पन्न भएको छ। पाँचथरसहित आसपासको जिल्लाका पत्रकारसमेत सहभागी कार्यक्रममा मोफसलको पत्रकारिताका विषयमा ताप्लेजुङका आनन्द गौतम, सप्तरीका ललिता शाह र दैलेखका विशाल सदाशङ्करले आफ्ना अनुभव तथा धारणा राख्नुभएको थियो । उक्त छलफललाई झापाका पत्रकार केशव भट्टराईले सहजिकरण गर्नुभएको थियो।
यस्तै अबको पत्रकारिता शीर्षकमा पत्रकारद्वय दिलभुषण पाठक र कमलदेव भट्टराईले धारणा राख्नुभएको थियो भने उक्त छलफलको सहजिकरण इलामका पत्रकार सटेन्द्र जबेगूले गर्नुभएको थियो । मिडिया सम्मेलनमा पत्रकार अरुण बरालले ‘कि नोट स्पिकर’ का रुपमा पत्रकारिता क्षेत्रका समस्या राख्नुभएको थियो । उक्त सम्मेलनकै अवसरमा शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तक समेत विमोचन गरिएको थियो । पत्रकारिताका विषयमा गहन छलफलमा सहभागी हुन पाएको भन्दै जिल्लाका पत्रकारहरुले खुशी ब्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











