+
+

बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तर कोरियासँगको शान्ति सम्झौता

175 पटक हेरिएको
Clock २०८१ जेष्ठ २३, बुधबार ०३:२०
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

१. दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ, किनकि उत्तर कोरियाले फोहोरले भरिएको बेलुन उडाएको थियो।
२. उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ, तर दक्षिण कोरियाले कडा कारबाही गर्ने जनाएको छ।
३. २०१८ अन्तर-कोरियाली सम्झौता निलम्बन गर्ने निर्णय गरिएको छ, जसको उद्देश्य दुई कोरियाबीच आपसी विश्वास पुनर्स्थापना नभएसम्म सीमा युद्धलाई कम गर्ने थियो।

काठमाडौँ । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।

यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो ।

दक्षिण उत्तर कोरियाको यो कदमको जवाफमा कोरियाले कडा कारबाही गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यसअघि नै सीमापार बेलुन उडान रोक्ने घोषणा गरिसकेको छ । सोमबार, दक्षिण कोरियाको राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषदले काउन्सिलले २०१८ अन्तर-कोरियाली सम्झौता निलम्बन गर्ने निर्णय गरेको बताएको छ। यस सम्झौताको उद्देश्य दुई कोरियाबीच आपसी विश्वास पुनर्स्थापना नभएसम्म सीमा युद्धलाई कम गर्ने थियो ।

सम्झौता निलम्बनसम्बन्धी प्रस्तावलाई मङ्गलबार अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेश गरिने सुरक्षा परिषदले जनाएको छ । उत्तर कोरियाले गत मंगलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा एक हजारभन्दा बढी बेलुन उडाएको छ, जसमा मल, चुरोटको बट, कपडाका टुक्रा र फोहोर कागजले भरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win