+
+

बुवाको हत्यामा संलग्न छोरा पक्राउ

Clock २०८२ कार्तिक १७, सोमबार १२:०४
-- Sponsored --

पाँचथर, कार्तिक १७ – पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक १६ गते बिहान साढे १० बजे वाद–विवादको क्रममा रिसको आवेशमा सन्देश राईले काठको मुग्रोले आफ्नै बाबुको शरीरका विभिन्न भागमा प्रहार गर्दा युबराज राई घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सन्देश राईलाई घटनास्थलबाटै पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ।

हत्या सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस