+
+

सहकरी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं- प्रधानमन्त्री ओली

181 पटक हेरिएको
Clock २०८१ श्रावण ६, आईतवार ०९:०७
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन्, जसमा थालनी गरेका काम समाप्त गर्ने, विकास मोडल परिवर्तन गर्ने, व्यवसाय मैत्री वातावरण बनाउने, कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र भ्रष्टाचार प्रतिकार गर्ने पर्दछन्।
* उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए, साथै सूचना प्रविधि र पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए।
* प्रधानमन्त्री ओलीले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्, साथै सहकारी ठगि गर्नेलाई कारवाही गर्ने बताए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् ।

उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए । उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए ।

त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए ।  उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए । प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए ।

उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए । उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए । कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए ।

उनले आफुहरुले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारी ठगि गर्नेलाई कारवाही गर्ने बताउदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win