0 प्रतिक्रिया
बंगलादेशको संसद विघटन, अन्तरिम सरकार बन्ने बाटो खुल्यो
AI सारांश
Fast AI१. बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन्।
२. राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
३. अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ।
काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् । ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् ।
राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको छ ।
अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









