0 प्रतिक्रिया
जन्म दिनमा विद्यार्थीलाई फलफुल वितरण
AI सारांश
Fast AI१. पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले जन्मदिनको अवसरमा ४८ जना विद्यार्थीहरूलाई फलफूल र पोषणयुक्त खाद्य पदार्थ वितरण गर्नुभएको छ।
२. काफ्लेले बातावरणीय पर्यावरण संरक्षण गर्ने उदेश्यले अशोकको बिरुवा रोपेर जन्मदिन मनाएको हो।
३. नगरप्रमुख काफ्लेले गरेको कार्यले विद्यार्थीहरूमा उत्साह थपेको भन्दै शिक्षालयमा सकारात्मक वातावरणको सिर्जना गरेको विद्यालयले जनाएको छ।
रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले जन्मदिनको अवसरमा ४८ जना विद्यार्थीहरूलाई फलफूल र पोषणयुक्त खाद्य पदार्थ वितरण गर्नुभएको छ। नगरप्रमुख काफ्लेले शुक्रवार फिदिम–४ सालघारी स्थित जागृती आधारभूत विद्यालयका ४८ जना विद्यार्थीहरूलाई फलफूल र पोषणयुक्त खाद्य पदार्थ वितरण गर्नुभएको हो । विद्यार्थीलाई फलफुल बितरण सहित अशोकको बिरुवा रोपेर जन्मदिन मनाएको काफ्लेको भनाइ छ। बातावरणीय पर्यावरण संरक्षण गर्ने उदेश्यले अशोकको बिरुवा रोपेर जन्मदिन मनाएको उहाँले बताउनुभयो।
आवसिय विद्यालयमा अध्यायन गर्ने अति बिपन्न र असाय विद्यार्थीहरुलाई मेयर काफ्लेले जन्म दिनको अवसरमा गरेको कार्यले विद्यार्थीहरूमा उत्साह थपेको भन्दै शिक्षालयमा सकारात्मक वातावरणको सिर्जना गरेको विद्यालयले जनाएको छ। काफ्लले सामाजिक दायित्वप्रति सक्रियता अपनाउदै बालबालिकाहरुको सारथी बनेको भन्दै जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक लुइँटेलले प्रशंसा गर्नुभएको थियो।
सोही अवसरमा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने र विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइँटेल लगायत नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









