+
+

अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद

17 पटक हेरिएको
Clock २०८१ माघ २९, मंगलवार १८:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. गायिका एलिना चौहानको पति बिष्णुसँगको विवाह सम्बन्ध विच्छेद भएको छ।
२. एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफ्नो विवाह सम्बन्ध विच्छेदको जानकारी दिएकी छन्।
३. उनले पत्नीका रुपमा पाउने सम्पत्ति पतिको प्रगति र उन्नतिका लागि छोडेको छन्।

काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ ।

यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिनः

प्रिय बिष्णु, 
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। 
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। 
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। 
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। 
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। 
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। 
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। 
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। 
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win