0 प्रतिक्रिया
कुम्मायकको प्रेस वक्तव्य: नैतिकताको कसीमा कार्यालय प्रमुख
AI सारांश
Fast AI१. कुम्मायक गाउँपालिकाले गत असोज २२ गते १९ कर्मचारीको करार सेवा भंग भएको सुचना जारी गरेको थियो, तर गाउँपालिका प्रवक्ता देबेन्द्रकुमार लावतीले करार संझौता स्थगित मात्रै भएको बताएका छन्।
२. गाउँपालिकाले करार सम्झौता भंग गरेको अवस्थामा अस्पतालमा कर्मचारीलाई निरन्तरता दिन मिल्दैन, तर स्थगित भएको अवस्थामा निरन्तरता दिने प्रवक्ता लावतीले भने।
३. कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले कार्यपालिकामा निणर्य भए बमोजिम कर्मचारी करार सम्झौता भंग भएका सुचना प्रकाशित गरेको बताए।
रमेश थापा
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा कानुन विपरित नियुक्ति भएका कर्मचारी हटाएको विषयमा फरक मत देखिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको प्रेस वक्तव्य र सुचनामा फरक मत भेटिएको हो । गाउँपालिकाले गत असोज २२ गते सुचना जारी गर्दै १९ कर्मचारीको करार सेवा भंग भएको जनाएको थियो। तर गाउँपालिका प्रवक्ता देबेन्द्रकुमार लावतीले जारी गरेको प्रेस वक्तव्यमा करार संझौता भंग नभई स्थगित मात्रै भएको बताएका छन। कर्मचारीको करार संझौता स्थगित भएको निर्णयपछि मात्रै कुम्मायक आधारभूत अस्पतालमा मेडिकल अधिकृत सहित स्वास्थ्य क्षेत्रका चार कर्मचारीलाई अस्पताल विकास समितिले निरन्तरता दिएको लावतीको भनाइ छ । गाउँपालिकाले करार सम्झौता भंग गरेको अवस्थामा भने अस्पतालमा कर्मचारीलाई निरन्तरता दिन मिल्दैन् । त्यस्तो अवस्थामा सुचना निकालेर प्रकृयागत रुपमा कर्मचारी नियुक्ति गर्नुपर्ने हुन्थ्यो लावतीले भने ।

“हामीले प्रदेश सरकारको कानुन अनुसार १९ जना कर्मचारीको करार सम्झौता स्थगित गरिएको भनि कार्यापालिकामा निर्णय गरेका थियौ । तर प्रमुख प्रशासकीय अधिकृतले करार सेवा भंग भन्ने सब्द प्रयोग गरी गाउँपालिकाको आधिकारी पेज र सुचना पाटीमा सुचना टास गरेको पाइयो । यो विषयमा गम्भिर समिक्षा गछौ ।”
तर यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले कार्यपालिकामा निणर्य भए बमोजिम कर्मचारी करार सम्झौता भंग भएका सुचना प्रकाशित गरेको बताए । “गाउँपालिकाको कार्यपालिका बैठमा भएको निणर्यमा कर्मचारीको करार सेवा भंग गर्ने निणर्य भएको छ । सोही निणर्य बमोजिम सुचना टास गरिएको हो अधिकारीले भने।
प्रवक्ता देवेन्द्र कुमार लावतीद्वारा प्रेश वक्तव्य
गत असोज १६ गते बसेको कार्यपालिका बैठकले १९ जना कर्मचारीको करार सम्झौता कार्तिक १ गतेदेखि स्थगीत गर्ने निर्णय गरिएको प्रवक्ता लावतीले दावी छ । तर असोज २२ गते १९ जना कर्मचारीको करार भंग भन्ने सुचना गाउँपालिकाले टाँस गरेका थियो ।
कोशी प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवा (गठन सञ्चालन) ऐन, २०८० को व्यवस्था विपरित कर्मचारी नियुक्ति गरी हटाएको थियो । उक्त ऐन अनुसार कार्यपालिकाले कर्मचारीको करार सेवा स्थगन गरेको हो । यसले गर्दा स्वास्थ्य संस्था, वडा कार्यालय, पूर्वाधार विकास लगायतका शाखामा कर्मचारी अभाव भई सेवा प्रवाहमासमेत असर पर्न थालेको छ । सम्बन्धित निकाय प्रदेश सरकार, संघिय सरकारसंग समन्वय गरेर कानुनि अड्चन नआउने अवस्था भएमा पुन: तिनै कर्मचारी को करार सेवा निरन्तरता दिने प्रवक्ता लावतीले जानकारी गराएपनि यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने करार सेवा भंग भईसकेको नै बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









