Comments Add Comment

फिदिम-५ चोकमागु, जौबारीमा खुल्ला पुरुष भलिबल प्रतियोगित हुदै

इवारा जवेगु लिम्बु ,

पाँचथर । फिदिम नगरपालिका ५ चोकमागु, जौबारीमा पान्थर थुमका अन्तिम राजा फूगंराय तुम्बापोको स्मृतिमा प्रथम फूगंराय स्मृति कप, २०८१  खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
नवजन प्रवाह युवा समूह फिदिम ५ चोकमागु पाँचथरको आयोजनामा मंसिर २८ गतेदेखी ३० गतेसम्म भलिबल प्रतियोगिता हुने आयोजन समूहका अध्यक्ष सन्तोष तुम्बापोले जानकारी दिए।
चोकमागु, जौबारीमा हुनु गइरहेको प्रतियोगिताका विजेताले नगद रु ४० हजार मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफि र प्रमाण हात पार्ने खेल संयोजक भुवन तुम्बापोले जानकारी दिए ।
साथै विद्यागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै