0 प्रतिक्रिया
रबि लामिछानेको सांसद पद निलम्बनमा
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा यस नेपाली समाचारको छोटो सारांश प्रस्तुत गरिएको छ:
* राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ, जो दोहोरो नागरिकताका कारण अघि पदमुक्त भएका थिए।
* लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत ३ वटा मुद्दा दायर गरिएको थियो, जसका कारण उनी निलम्बनमा परेका हुन।
* निलम्बनमा परेसँगै लामिछानेले संघीय संसद सचिवालयवाट पाउने तलब भत्तालगायत सबै सेवावाट बञ्चित भएका छन, र सम्पत्ति सुद्धीकरण ऐनको आधारमा उनको निलम्बन गरिएको छ।
काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ।
यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था उल्लेख गरेका छन् ।
प्रहरीले उनीविरुद्ध हिजो मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत ३ वटा मुद्दा दायर गरेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा संघीय संसद सचिवालयमा जानकारी गराए पछि उनी आज निलम्बनमा परेका हुन । उनी चितवन–२ बाट निर्वाचित सांसद तथा सो पार्टीका संसदीय दलका नेता समेत हुन् । निलम्बनमा परेसँगै उनले संघीय संसद सचिवालयवाट पाउने तलब भत्तालगायत सबै सेवावाट बञ्चित भएका छन ।
खासमा संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनालाई मुख्य आधार बनाएर संसद सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









