+
+

फालेलुङ–४ गुरुङटारमा अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुदै

198 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ११, बिहीबार ०८:०३
-- Sponsored --

इवारा जवेगु लिम्बु

पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ स्थित गुरुङटारमा तमु ल्होसार २६०८ को अवसरमा अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता साथै जातिय साँस्कृतिक कार्यक्रम हुने भएको छ।
नर्देन छोलिङ छो गुम्बा फालेलुङ ४ को आयोजनामा गुरुङटारमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको हो। तमु ल्होसारको अवसरमा अन्तर पालका स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा जातिय साँस्कृतिक कार्यक्रम हुने आयोजक नर्देन छोलिङ छो गुम्बा फालेलुङ ४ का अध्यक्ष रामचन्द्र गुरुङले बताए।
प्रतियोगिता पुस १४ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताको विजेताले नगद ५० हजार ५ सय ५० सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता हुने टिमले नगद २५ हजार ५ सय २५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै विद्यागत तर्फ उत्कृष्ट सर्भर, डिफेन्डर, सेटर, ब्लकर, उदीयमान खेलाडी र पुरानो खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ।
प्रतियोगिताको प्रत्येक मेन अफ दी म्याच, सवोत्कृष्ट खेलाडी र प्रशिक्षकको लागि पनि उचित पुरस्कार रहेका अध्यक्ष गुरुङले बताए।
प्रतियोगिताको दौरान दातालाई सम्मान कार्यक्रम, ल्होसार विशेष कार्यक्रम, राई जातिको साकेला नाच, लिम्बूको च्याब्रुङ नाच, बौद्धधर्मीहरुको लामा नाच र नौमती बाजासहित दमाहा नाच प्रर्दशन हुने आयोजकले जनाएको छ।
पुस १५ गते अन्य कार्यक्रम संगै पालिका भित्रका कर्मचारी र आयोजक विच मैत्रिपूर्ण खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win