+
+

सम्बाहाम्फे चोत्लुङ हरित पार्क उद्धघाटन

204 पटक हेरिएको
Clock २०८१ माघ ३, बिहीबार २२:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा निर्माण सम्पन्न भएको सम्बाहाङ्फे चोःलुङ (हरित) पार्क उद्धघाटन गरिएको छ।
२. सम्बाहाङ्फे चोःलुङ हरित पार्कले अन्तरिक र बाह्य पर्यटकहरुको आर्कषण बढाउने काम गरेको बताउँदै सम्बाहाङ्फेको बंशसंग सम्बन्धित रहेको ऐतिहासिकता, प्राकृतिक शौदर्यताले गर्दा चोत्लुङ पार्कको छुट्टै महत्व रहेको प्रष्ट पारे।
३. हरित पार्क निर्माण गर्नको लागि वन मन्त्रालयको २५ लाख र गाउँपालिकाको १ करोड ३० लाख गरी १ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा निर्माण सम्पन्न भएको सम्बाहाङ्फे चोःलुङ (हरित) पार्क उद्धघाटन गरिएको छ । पूर्व सामान्य प्रशासन राज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फेले शिलालेख अनावरण गरेर हरित पार्कको उद्धघाटन गरेका थिए। सम्बाहाम्फेले चोःलुङ (हरित) पार्क उद्धघाटन समारोहमा सम्बोधन गर्दै गाउँपालिका र वडाका जनप्रतिनिधिले दिनरात खटेर पार्क निर्माणमा दिएको योग्दानको विषयमा खुलेरै प्रशंसा गरेका थिए।

पर्यटकीय सम्भावना बोकेको सम्बाहाङ्फे चोत्लुङ हरित पार्कले अन्तरिक र बाह्य पर्यटकहरुको आर्कषण बढाउने काम गरेको बताउँदै सम्बाहाङ्फेको बंशसंग सम्बन्धित रहेको ऐतिहासिकता, प्राकृतिक शौदर्यताले गर्दा चोत्लुङ पार्कको छुट्टै महत्व रहेको प्रष्ट पारे। उद्धघाटन समारोहमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिकामा धेरै ऐतिहासिक र पुरातात्विक संरचना र सम्पती रहेको भन्दै तिनिहरुको संरक्षण र सम्वर्दन गर्न गाउँपालिकाले काम गर्दै आएको बताए। उनले चोत्लुङ पार्कमा अझै पनि केही संरचना निर्माण गर्नुपर्ने भएकाले यसलाई निरन्तरता दिदै जानेमा जोड दिए।
हरित पार्क निर्माण गर्नको लागि वन मन्त्रालयको २५ लाख र गाउँपालिकाको १ करोड ३० लाख गरी १ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। पार्क निर्माणको लागि २०८० जेठ १८ गते तुम्वेहाङ निर्माण सेवा प्रा.लि पाँचथरले ९५ लाख ४५ हजार ६३४ रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्का पाएको निर्माण कम्पनीले २०८१ भदौ १८ गते योजनाको काम पुरा गरेको थियो । वन मत्रालय र गाउँपालिकाको समपुरक रकम सहित कुल १ करोड ५५ लाख रुपैयाँ खर्च भएको सम्बाहाङ्फे उत्थान संघका नरेन्द्र सम्बाहाम्फेले जानकारी दिए ।
चोत्लुङ पार्क निर्माणको लागि आठ रोपनी जग्गा स्थानीय जग्गादाताहरुले दान गरेका थिए। सम्बाहाङ्फे चोत्लुङ हरित पार्कमा भ्यु टावर, परम्परागत रुपमा निर्माण गरिएको घर, शौचालय, मन्दिर, पोखरी, बिश्राम स्थाल लगायतका संरचनाको निर्माण गरिएको छ। त्यस्तै वृक्षारोपण, गेठ निर्माण र घेराबारा लगाएर चोत्लुङ पार्कलाई सुरक्षित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win