रमेश थापा
पाँचथर -पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ नम्बर वडा कार्यालय आङसराङले जेष्ठ नागरिक सम्मान गरेको छ। वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव जयबहादुर तामाङले जानकारी दिए। वडाको साविक पाँच वटा वडाका पाँच जना जेष्ठ नागरिकलाई खादा ओढाएर न्यानो कपडा बितरण गरेको थियो।
वडाको नगद २५ हजार रकमबाट देवी प्रसाद ढुङ्गाना, बलभद्र रिजाल, सुक बहादुर चेम्जोङ, रनमायाँ कुरुम्वाङ र कृष्ण बहादुर आङ्देम्बे सम्मानित भएका छन। वडाले वर्षेनी नदोहोरिने गरी जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गर्दै आएको सचिव तामाङको भनाइ छ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडासदस्य नविना धमला, सोनाली कुरुम्बाङ र बीर बहादुर कुरुम्वाङले जेष्ठ नागरिक सम्मान गरेका थिए। वडाले बुढेसकालमा सम्मान गरेको भन्दै जेष्ठ नागरिकहरुले जनप्रतिनिधिको खुलेरै प्रशंसा गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
तमोर नदीमा वेवारिसे शव फेला
4 hours
३
सम्बन्धित खवर
Advertisment