0 प्रतिक्रिया
फाल्गुनन्द-६ का जेष्ठ नागरिक सम्मानित
AI सारांश
Fast AIपाँचथरको फाल्गुनन्द गाउँपालिका–६ नम्बर वडा कार्यालय आङसराङले जेष्ठ नागरिक सम्मान गरेको छ। यो सम्मान कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको थियो। वडासदस्यले खादा ओढाएर न्यानो कपडा बितरण गरेर जेष्ठ नागरिकलाई सम्मान गरेका थिए।
निम्न ३ वटा बुँदामा छोटो सारांश दिन सकिन्छ:
* वडा कार्यालयले जेष्ठ नागरिक सम्मान गरेको छ।
* वडाका ५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेर सम्मान गरिएको छ।
* यो कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको थियो र जेष्ठ नागरिकहरुले जनप्रतिनिधिको प्रशंसा गरेका थिए।
रमेश थापा
पाँचथर -पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ नम्बर वडा कार्यालय आङसराङले जेष्ठ नागरिक सम्मान गरेको छ। वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव जयबहादुर तामाङले जानकारी दिए। वडाको साविक पाँच वटा वडाका पाँच जना जेष्ठ नागरिकलाई खादा ओढाएर न्यानो कपडा बितरण गरेको थियो।
वडाको नगद २५ हजार रकमबाट देवी प्रसाद ढुङ्गाना, बलभद्र रिजाल, सुक बहादुर चेम्जोङ, रनमायाँ कुरुम्वाङ र कृष्ण बहादुर आङ्देम्बे सम्मानित भएका छन। वडाले वर्षेनी नदोहोरिने गरी जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गर्दै आएको सचिव तामाङको भनाइ छ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडासदस्य नविना धमला, सोनाली कुरुम्बाङ र बीर बहादुर कुरुम्वाङले जेष्ठ नागरिक सम्मान गरेका थिए। वडाले बुढेसकालमा सम्मान गरेको भन्दै जेष्ठ नागरिकहरुले जनप्रतिनिधिको खुलेरै प्रशंसा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









