0 प्रतिक्रिया
कुम्मायकका ६०५ जना किशोरीलाई एचपीभी खोप लगाइने
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिकामा ६०५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ।
२. माघ २३ गतेदेखि संचालन हुने खोप कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरूलाई लगाइने भएको हो।
३. कुम्मायक गाउँपालिकाका ५ वटा वडाका १३ वटा विद्यालयमा खोप संचालन हुने भएको छ।
रमेश थापा
यासोक/पाँचथरको कुम्मायक गाउँपालिकामा ६०५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। माघ २३ गतेदेखि संचालन हुने खोप कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरूलाई लगाइने भएको हो। त्यस्तै बिद्यालय नजाने १०-१४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप लगाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरकी सहजकर्ता सलिना श्रेष्ठले जानकारी दिनुभयो।
कुम्मायक गाउँपालिकाका ५ वटा वडाका १३ वटा विद्यालयमा खोप संचालन हुने भएको छ। जसअनुसार ११ सामुदायिक र दुई संस्थागत गरी १३ वटा विद्यालयमा खोप संचालन हुने गाउँपालिकाको स्वास्थ्य शाखा सह-संयोजक इन्द्र कुमारी राईले जानकारी दिनुभयो।
आइतबार गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको पालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरू, पत्रकार र सरोकारवालाहरू बीच अभिमुखिकरण कार्यक्रम मार्फत माघ २३ गतेदेखि खोप संचालन हुने जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, वडाअध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।
पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरेको हो। पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ ।
यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









