+
+

जापान नेपालको विश्वासिलो विकास साझेदार : सभामुख घिमिरे

125 पटक हेरिएको
Clock २०८१ फाल्गुन ६, मंगलवार १४:५५
-- Sponsored --

AI सारांश

Fast AI

१. सभामुख देवराज घिमिरेले जापानका नवनियुक्त राजदूत मायदा तोरूलाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
२. सभामुख घिमिरेले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे।
३. जापानका नवनियुक्त राजदूत मायदा तोरूले नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्दार सहयोगको प्रशंसा गर्नुभयो।

काठमाडौं, ६ फागुन । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले भेट गरेका छन्। सिंहदरवारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गरे ।

नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गरे। नेपाल जापानमा हुने ‘२०२५ वल्र्ड एक्सपो’ मा सहभागी हुन लागेको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले जापानमा हुने उक्त एक्सपोले नेपाली उत्पादन प्रचार–प्रसारमा सहयोग पु¥‍याउने विश्वास व्यक्त गरे।

जापानका नवनियुक्त राजदूत मायदा तोरूले आफू २७ वर्षअघि नेपाल आएको स्मरण गर्दै तीन दशकमा नेपालको लोकतन्त्र र विकासले उल्लेखनीय फड्को मारेको बताए। उनले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै संसदीय आदान प्रदानमा जोड दिए। नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै राजदूत मायदाले सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्दार सहयोगको प्रशंसा गर्नुभयो। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win