0 प्रतिक्रिया
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
AI सारांश
Fast AI१. हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ।
२. हमासले रिहा गरेका इजरायली नागरिकहरूमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयद समावेश छन्।
३. बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ।
काठमाडौँ । हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ।
अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयदलाई हमासले रिहा गरेको हो ।
हमासले आज तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो।
गत जनवरी १९ मा युद्धविराम भएदेखि हमासले लगातार बन्धक रिहा गरिरहेको छ। अहिलेसम्म हमासले यो सहित ३० बन्धक रिहा गरेको छ भने ४ जनाको शव पनि फिर्ता गरेको छ।
हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









