0 प्रतिक्रिया
मछिन्द्र फुटवल क्लब पाँचथर गोल्डकपको फाइनलमा प्रवेश
AI सारांश
Fast AI१. मछिन्द्र फुटवल क्लब काठमाडौं पाँचथरको फिदिममा जारी पाचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
२. मछिन्द्र फुटवल क्लबले पथरी–११ फुटवल क्लब मोरङलाई ३–१ गोलअन्तरले पराजीत गर्दै फाइनलमा पुगेको हो।
३. चैत २ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रु. ११ लाख एक हजार १११ तथा उपविजेताले रु. पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
पाँचथर, २८ फागुनः
मछिन्द्र फुटवल क्लब काठमाडौं पाँचथरको फिदिममा जारी पाचौं पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न सेमीफाइनल खेलमा पथरी–११ फुटवल क्लब मोरङलाई ३–१ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र फाइनलमा पुगेको हो। मछिन्द्रका लागि खेलको २३औं मिनेटमा विशाल घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनु भएको थियो। मध्यान्तरअघि १ गोलले पछि परेको पथरी पध्यान्तरपछि भने खेलमा फर्कियो । पथरीका लागि विदेशी खेलाडी अर्माण्ड बेडमले ६६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याउनु भएको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयतिर मछिन्द्र खेलमा फर्कियो। मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफेनले ८४औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनु भएको थियो। यस्तै खेलको अतिरिक्त समयमा मछिन्द्रका लागि नवयुग श्रेष्ठले गोल गर्दै अग्रता तेब्बर पार्नभएको थियो। आजको खेलको उत्कृष्ट खेलाडी मछिन्द्रका विदेशी खेलाडी स्टेफेन घोषित हुँदै रु. सात हजार ५०० पुरस्कार प्राप्त गर्नुभयो।
प्रतियोगिताअन्तर्गत भोलि हुने दोश्रो सेमीफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र नमोवुद्ध युवा क्लब सप्तरीवीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो। चैत २ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रु. ११ लाख एक हजार १११ तथा उपविजेताले रु. पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









