0 प्रतिक्रिया
एआई सम्बन्धी तीन दिने तालिम विहिबारदेखी विराटनगरमा शुरु
AI सारांश
Fast AI१. सञ्चारिका समुह कोशी प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरुका लागि कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) सम्बन्धी तिन दिने तालिम विराटनगरमा शुरु भएको छ।
२. यस तालिममार्फत पत्रकारितामा एआई प्रविधिको प्रयोग, डिजिटल माध्यममा यसको प्रभाव, सुरक्षा र उपायहरु तथा सामाग्री निर्माणमा यसको सम्भाव्य उपायहरुबारे सिकाइदैछ ।
३. तालिममा कोशी प्रदेशका पाँचथर, इलाम, उदयपुर, सुनसरी लगायत जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थित रहेको छ।
पाँचथर । एआई सम्बन्धी तीन दिने तालिम चैत्र २८ गते विहिबारदेखी विराटनगरमा शुरु भएको छ।
सञ्चारिका समुह कोशी प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरुका लागि कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) सम्बन्धी तिन दिने तालिम शुरु गरेको हो । तालिम कार्यक्रम बिराटनगरको एयरपोर्ट लाइन नजिकै होटल एसियनटिक को सभाहलमा सञ्चालन भइरहेको छ।
तालिम अगामी दुई दिनसम्म सञ्चालन हुने छ। यस तालिममार्फत पत्रकारितामा एआई प्रविधिको प्रयोग, डिजिटल माध्यममा यसको प्रभाव, सुरक्षा र उपायहरु तथा सामाग्री निर्माणमा यसको सम्भाव्य उपायहरुबारे सिकाइदैछ ।
महिला पत्रकारहरुलाई प्रविधिमा सक्षम बनाउने उदेश्यले यो तालिमको आयोजना गरेको सञ्चारिका समुह कोशी प्रदेशले जनाएको छ।
तालिममा कोशी प्रदेशका पाँचथर, इलाम, उदयपुर, सुनसरी लगायत जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थित रहेको छ। एआई सम्बन्धी ३ दिने तालिमको प्रशिक्षण नेपाल प्रेस इन्स्च्यिुटका लिलाराज भट्टराईले दिइरहनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









