+
+

विद्यालयले गर्यो अक्षयकोषमा सहयोग गर्ने १७१ दातालाई सम्मान

114 पटक हेरिएको
Clock २०८२ जेष्ठ १५, बिहीबार १२:४६
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम नगरपालिका–१४ स्थित श्री महादेव गुप्तेश्वर माध्यमिक विद्यालय, फुल्पाले विद्यालयको अक्षयकोषमा सहयोग गर्ने १७१ जना दाताहरुलाई सम्मान गरेको छ ।
२. विद्यालयलाई दीर्घकालीन रुपमा सक्षम बनाउने लक्ष्यका साथ संकलन गरीएको अक्षयकोषमा दाताहरुबाट ३६ लाख २९ हजार १३४ रुपैयाँ संकलन भएको छ ।
३. अक्षयकोषमा जम्मा भएको रकम मुद्दती खातामा राखी त्यसबात प्राप्त ब्याजबाट अङ्ग्रजी माध्यमलाई निरन्तरता दिइने, आर्थिक रुपले कमजोर परिवारका विद्यार्थीलाई शिःशुल्क शिक्षा तथा छात्रवृत्तिबाट अध्ययोजन सामाग्री उपलब्ध गराइनेछ ।

पाँचथर । फिदिम नगरपालिका–१४ स्थित श्री महादेव गुप्तेश्वर माध्यमिक विद्यालय, फुल्पाले विद्यालयको अक्षयकोषमा सहयोग गर्ने १७१ जना दाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयलाई दीर्घकालीन रुपमा सक्षम बनाउने लक्ष्यका साथ संकलन गरीएको अक्षयकोषमा दाताहरुबाट ३६ लाख २९ हजार १३४ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक कमल बाँस्कोटाले जानकारी बताउनुभयो ।

जेठ १२ गते सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले १७१ जना सहयोगी दाताहरुलाई सम्मान गरेको हो । पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरुलाई दोसल्लासहित सम्मान गर्नका साथै पाँच हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने सबै दाताहरुको नाम विद्यालय परिसरमा शिलालेखमा राखिएको प्रधानाध्यापक बास्कोटाले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले रहनुभएको थियो । उहाँले विद्यालयको यस्तो पहल सराहनीय भएको बताउँदै भविष्यमा भौतिक संरचना निर्माणमा समेत नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “विद्यालयको अक्षयकोष स्थापनामा समर्पित विद्यालय परिवारको पहल उदाहरणीय छ यसमा हामी पनि आवश्यक सहयोग गर्दै जानेछौ ” ।

सो विद्यालयमा हाल कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भइसेकोको छ । मातृभाषा सिकाई कार्यक्रमअन्तर्गत लिम्बू भाषाको “आनिपान” भन्ने कक्षा शैक्षिक सत्र २०८२ देखी सञ्चालनमा ल्याइएको छ । विद्यालयका प्रध्यानाध्यापक बास्कोटाका अनुसार अक्षयकोषमा जम्मा भएको रकम मुद्दती खातामा राखी त्यसबात प्राप्त ब्याजबाट अङ्ग्रजी माध्यमलाई निरन्तरता दिइने, आर्थिक रुपले कमजोर परिवारका विद्यार्थीलाई शिःशुल्क शिक्षा तथा छात्रवृत्तिबाट अध्यययन सामाग्री उपलब्ध गराइनेछ । साथै भविष्यमा क्याम्पस तहको उच्च तथा प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो।
कार्यक्रममा विशेष अतिथिको रुपमा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, मानव अधिकारकर्मी सूर्यकुमार निरौला, वडा अध्यक्ष राजन नेम्बाङ लगायत सहयोगी दाताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर फागोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win