+
+

वर्षायाममा सडक जोगाउन फाल्गुनन्दमा हेभी सवारीमा अस्थायी रोक

285 पटक हेरिएको
Clock २०८२ श्रावण ७, बुधबार २१:००
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा दिन सकिन्छ:

* पाँचथरको फाल्गुनन्द गाउँपालिका भित्रका मुख्य सडकहरुमा ट्याक्टर, ट्रक तथा हेभी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
* गाउँपालिकाभित्रका मुख्य सडकहरु हाल स्तरोन्नती भइ नसकेको र वर्षायाममा सडकहरु हिलाम्य भइ क्षतिग्रस्त हुने र थप बिग्रिन गई धनजनको समेत क्षति हुन सक्ने भएकोले ट्याक्टर तथा ट्रक सञ्चालन गर्न रोक लगाइएको हो।
* गाउँपालिकाको उक्त निर्णयलाई उलङ्घन् गरेको पाइएमा प्रत्येक पटकको पाँचहजार रुपैयाँको दरले जरिवाना तोकिएको छ।

दिपक दुलाल, साउन ७
पाँचथरको फाल्गुनन्द गाउँपालिका भित्रका मुख्य सडकहरुमा ट्याक्टर, ट्रक तथा हेभी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
फाल्गुनन्द गाउँपालिका गाउँकार्यपालिकाको आज बसेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका गाउँपालिका भित्रका मुख्य सडकहरुमा आजैबाट लागुहुने गरी अर्को सूचना जारी नभएसम्मका लागि ट्याक्टर, ट्रक तथा हेभी सवारी साधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो।
गाउँपालिकाभित्रका मुख्य सडकहरु हाल स्तरोन्नती भइ नसकेको र वर्षायाममा सडकहरु हिलाम्य भइ क्षतिग्रस्त हुने र थप बिग्रिन गई धनजनको समेत क्षति हुन सक्ने भएकोले ट्याक्टर तथा ट्रक सञ्चालन गर्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको उक्त निर्णयलाई उलङ्घन् गरेको पाइएमा प्रत्येक पटकको पाँचहजार रुपैयाँको दरले जरिवाना तोकिएको समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win