+
+

छमछमी मेला अन्तरपालिका भलिबलको उपाधि याङवरक गाउँपालिका, पाँचथरलाई

254 पटक हेरिएको
Clock २०८२ पुष २७, आईतवार ०९:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. याङवरक गाउँपालिका, पाँचथरले पाथिभरा याङवरक गाउँपालिका, ताप्लेजुङलाई ३–२ सेटले पराजित गर्दै अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
२. प्रतियोगिताको प्रथम पुरस्कार स्व. आमा गुनमाया श्रेष्ठको स्मृतिमा उनका छोरा लक्ष्मी श्रेष्ठद्वारा प्रायोजन गरिएको नगद रु. १,०२,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
३. व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीका रूपमा याङवरक गाउँपालिका, पाँचथरका विष्णु बस्नेत घोषित भए।

पाँचथर । छमछमी मेला–२०८२ को अवसरमा याङवरक गाउँपालिका–६, नागि स्थित मुकुबुङ बजारमा मुकुबुङ युवा क्लबद्वारा आयोजित अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिका, पाँचथरले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा याङवरक गाउँपालिकाले पाथिभरा याङवरक गाउँपालिका, ताप्लेजुङलाई ३–२ सेटले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेल अत्यन्तै रोमाञ्चक रह्यो। पहिलो सेट पाथिभरा याङवरकले २५–१५ ले जितेको थियो भने दोस्रो र तेस्रो सेट याङवरक गाउँपालिका, पाँचथरले २५–२२ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। चौथो सेट पाथिभरा याङवरकले २५–२० ले जितेपछि खेल निर्णायक पाँचौँ सेटमा पुगेको थियो, जहाँ याङवरक गाउँपालिकाले १५–९ को जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो।

प्रतियोगिताको प्रथम पुरस्कार स्व. आमा गुनमाया श्रेष्ठको स्मृतिमा उनका छोरा लक्ष्मी श्रेष्ठद्वारा प्रायोजन गरिएको नगद रु. १,०२,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको थियो भने दोस्रो पुरस्कार नगद रु. ५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर याङवरक गाउँपालिका, पाँचथरका रोमन बस्नेत, उत्कृष्ट डिफेन्डर पाथिभरा याङवरक गाउँपालिका, ताप्लेजुङका गिरिराज श्रेष्ठ, उत्कृष्ट ब्लकर पाथिभरा याङवरक गाउँपालिकाका प्रकाश लिम्बु, उत्कृष्ट सेटर याङवरक गाउँपालिका, पाँचथरका मनोज घिमिरे, उत्कृष्ट स्पाइकर पाथिभरा याङवरक गाउँपालिका, ताप्लेजुङका लिला डाँगी र सर्वोत्कृष्ट खेलाडी याङवरक गाउँपालिका, पाँचथरका विष्णु बस्नेत घोषित भए।

मुकुबुङ युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा आयोजक टिमसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाका गरी ८ टिमको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि याङवरक गाउँपालिका, पाँचथरका अध्यक्ष भीम बहादुर योङया रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी सहभागी रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता मुकुबुङ युवा क्लबका अध्यक्ष हेमकुमार नेउरुम्बाले गर्नुभएको थियो भने छमछमी मेला–२०८२ पौष २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win