+
+

प्रथम फूगंराय स्मृति कप २०८१ को उपाधी श्री रणशेर गणलाई

57 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष २, मंगलवार १७:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाको फिदिम-५ जौबारी, चोकमागुमा आयोजित प्रथम फूगंराय स्मृति कप २०८१ को अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी श्री रणशेर गण ओदिन ब्यारेकले हात पारेको छ।
२. मंसिर ३० गते भएको प्रतियोगिताको फाइनल खेलमा याङदेन क्लब सिवालाई २–१ सेटमा पराजीत गर्दै श्री रणशेर गण ओदिन ब्यारेक पाँचथरले उपाधी उचालेको हो।
३. प्रतियोगिताको विजेता श्री रणशेर गणले नगद रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

इवारा जवेगु लिम्बु

पाँचथर। जिल्लाको फिदिम-५ जौबारी,चोकमागुमा पान्थर थुमका अन्तिम राजा फूंगराय तुम्बापोको स्मृतिमा प्रथम फूगंराय स्मृति कप २०८१ को अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतिगोगिताको उपाधी श्री रणशेर गण ओदिन ब्यारेकले हात पारेको छ।
मंसिर ३० गते भएको प्रतियोगिताको फाइनल खेलमा याङदेन क्लब सिवालाई २–१ सेटमा पराजीत गर्दै श्री रणशेर गण ओदिन ब्यारेक पाँचथरले उपाधी उचालेको हो। प्रतियोगिताको विजेता श्री रणशेर गणले नगद रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सिमित हुन पुगेको याङ्देनल क्लब फिदिम ६ ले नगद रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रथम फूगंराय स्मृति कप २०८१ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा पाँचथर जिल्ला भित्रका विभिन्न पालिका र रणशेर गण ओदीन ब्यारेक गरि जम्मा ९ टिमको सहभागीता रहेको आयोजक नवजन प्रवाह युवा समूहका अध्यक्ष सन्तोष तुम्बापोले बताए।
विजयी खेलाडीहरुलाई प्रमुख अथिति संविधानसभा सदस्या तथा पूर्व मन्त्रि श्री प्रसाद जवेगु र विषेश अथिति किरात याक्थुङ चुम्लुङ् जिल्ला शाखा पान्थरका अध्यक्ष सुरेन सिसिर केरुङ्ले वितरण गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win